चितवन । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चितवन क्षेत्र नं.२ बाट रिना गुरुङको नाम सिफारिस गरेको छ । वर्तमान बागमती प्रदेश सांसद गुरुङलाई मंसिर ४ मा हुने निर्वाचनमा संघीय सांसदका लागि उम्मेदवार बनाउने राप्रपाले जनाएको छ ।
पार्टीको केन्द्रीय सहमहामन्त्री तथा बागमती प्रदेश सांसद समेत रेहनुभएकी गुरुङलाई क्षेत्रीय समितिले चितवन–२ मा प्रत्यक्ष उम्मेदवारको रूपमा सर्वसम्मत सिफारिस गरेको हो । अघिल्लो निर्वाचनमा गुरुङ समानुपातिकबाट प्रदेश सांसद बन्नुभएको थियो ।