Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दुर्घटना

पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दियो, २ जना घाइते

पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दियो, २ जना घाइते

images

इच्छाकामना न्युज

२६, भाद्र २०७९
पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दियो, २ जना घाइते
images

चितवन । ईच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए ।

घाइते हुनेमा ठेला चलाउने ईच्छाकामना गाउँपालिका–६ पाँचकिलो बस्ने २७ वर्षिय कल्पना गुरुङ र २३ वर्षिय तिर्थ कुमारी गुरुङ रहेको पण्डितले जानकारी दिएका छन् । दुवैजनाको हातमा मध्यम चोट लागेकोले स्थानीय मेडिकल मुग्लिनमा उपचार भइरहेको छ ।

ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा सुचारु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :भाद्र २६, २०७९ आइतवार - १०:२०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology