बिशालटार । योगदान राष्ट्रका लागि धादिङ शाखाले बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक), उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, बेनिघाट रोराङ ४ का वडा अध्यक्ष राजु बहादुर मगरलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको छ। प्राथमिक उपचार हाम्रो सरोकार भन्ने नारा सहित स्थापना भएको यस संस्थाले विभिन्न समाजिक कामहरु गर्दै आएको छ।


संस्थाको सल्लाहकार समेत रहनुभएका अध्यक्ष कृष्ण बहादुर थपलिया त्यसैगरी आजिवन सदस्य रहनुभएका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ र योगदान राष्ट्रका लागि धादिङ जिल्ला शाखाका सदस्य राजु बहादुर मगरलाई एक विशेष कार्यक्रम बीच सम्मान गरेको हो।
उक्त संस्था धादिङमा स्थापना गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएको भन्दै समाजसेवी तथा योगदान राष्ट्रका लागि धादिङ जिल्लाका अध्यक्ष धुर्व पाण्डेले कृष्ण बहादुर थपलिया (विवेक) लाई विशेष धन्यवाद दिनुभयो भने सामाजिक काममा अग्रसर रहेने हरेक ब्यक्ति ,संस्थालाई सहयोग गर्न आफू सधैं सकारात्मक रहेको अध्यक्ष थपलियाले बताउनु भयो।