Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चामल

उत्पादन घट्ने भएपछि भारत सरकारले आजदेखि लागू हुनेगरी चामल निर्यातमा २० प्रतिशत कर लगायो 

उत्पादन घट्ने भएपछि भारत सरकारले आजदेखि लागू हुनेगरी चामल निर्यातमा २० प्रतिशत कर लगायो 

images

सिआईएन

२५, भाद्र २०७९
उत्पादन घट्ने भएपछि भारत सरकारले आजदेखि लागू हुनेगरी चामल निर्यातमा २० प्रतिशत कर लगायो 
images

काठमाण्डौ  । भारत सरकारले आजदेखि लागू हुनेगरी चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालको भान्छा थप महङ्गो हुने देखिएको छ ।

चिनी र गहुँको निर्यातमा प्रतिबन्ध लगाएको भारत सरकारले आन्तरिक खाद्य सुरक्षालाई ध्यानमा राखेर चामल निर्यातमा पनि कर लगाएको बताएको छ । यसले गर्दा अब नेपालमा चामलको मूल्य बढ्ने देखिएको छ ।

नेपालमा बार्षिक रूपमा करिब ३२ लाख मेट्रिक टन चामलको माग रहेको छ । तर, आन्तरिक उत्पादन पर्याप्त नहुँदा ५ देखि ६ लाख मेट्रिक टन चामल अपुग हुँदै आएको छ । जसको परि पुर्तिका लागि भारतबाट मात्रै बार्षिक ५ अर्ब भन्दा बढिको चामल आयात हुने गरेको छ ।

नेपालले गत आर्थिक वर्षमा मात्रै भारतबाट ५ अर्ब ७ करोड ३५ लाख ३४ हजार रूपैयाँ बराबरको ६७ हजार ८ सय ४ मेट्रिक टन चामल आयात गरेको थियो । चालु आर्थिक बर्षको साउनमा मात्रै भारतबाट नेपालले २७ करोड ९४ लाख १७ हजार रुपैँया बराबरको ३ हजार ६ सय ३७ मेट्रिक टन चामल आयात गरेको छ । यसमा २० प्रतिशत कर जोडिनासाथ नेपालमा चामलको मुल्य बढ्ने छ ।

चामलको लागि बाह्य बजारको भर पर्नु भन्दा अब आन्तरिक उत्पादनलाई बढाउनुको विकल्प नरहेको विज्ञहरू बताउँछन् । सीआईएनसँग कुरा गर्दै अर्थ विज्ञ डाक्टर चन्द्रमणी अधिकारीले अब खाद्यान्नको आन्तरिक उत्पादन बढाउन सरकारले जोड दिनुपर्ने बताउनुभयो । पुर्व कृषिमन्त्री हरीबोल गजुरेल भने नेपालमा खाद्य उत्पादन बढाउन सबैको सक्रियता आवश्यक रहने बताउनुहुन्छ ।

सीआईएनसँग कुराकानी गर्दै उहाँले सबैको साझा प्रयास र सक्रियतामा नेपालमा कृषि उत्पादन बढाइ यसबाट खाद्यान्नमा आत्मनिर्भर हुन सकिने बताउनुभयो । नेपालमा भारतसँगै चीन, जापान, कोरिया, थाइलाण्ड, इन्डोनेसिया, भुटान, भियतनाम र इटाली लगायत १० देशहरूबाट चामल आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्ला वर्ष धान, चामल, कनिका लगायतको आयात निरन्तर बढिरहेको छ । पाँच वर्षअघि करिब ५ लाख ४० हजार मेट्रिकटन चामल आयात भएकोमा गत वर्ष ८ लाख ९० हजार मेट्रिकटन पुगेको छ । यसपाली त्योभन्दा धेरै धान र चामल आयात हुन सक्ने सरकारी आँकलन छ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७९ शनिवार - १०:५७:२६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology