बेलायत । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शाषण गर्नुभएका महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गएराति निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । ७ दशक बेलायतको राजकीय सत्ताको नेतृत्व गरेका एलिजाबेथ द्वितीयको बालमोरल दरबारमा निधन भएको हो ।
उहाँले सन् १९५२ मा सत्तारोहण गर्नुभएको थियो । महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् । अब उहाँका ७३ वर्षका छोरा चाल्र्स बेलायतको नयाँ राजा बन्नुहुनेछ ।