Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गण्डकी विशेष

गोरखा गण्डकी गाउँपालिकाको कार्यालय आजदेखि तोमनडाँडामा संचालन, अध्यक्ष र उपाध्यक्षद्वारा उद्घाटन

गोरखा गण्डकी गाउँपालिकाको कार्यालय आजदेखि तोमनडाँडामा संचालन, अध्यक्ष र उपाध्यक्षद्वारा उद्घाटन

images

इच्छाकामना न्युज

२२, भाद्र २०७९
गोरखा गण्डकी गाउँपालिकाको कार्यालय आजदेखि तोमनडाँडामा संचालन, अध्यक्ष र उपाध्यक्षद्वारा उद्घाटन
images

गण्डकी गाउँपालिकाले प्रशासकीय काम गर्ने कार्यालय तोमनडाँडा स्थानान्तरण गरेको छ । यसअघि अस्थायी रुपमा कार्यालय सञ्चालन भइरहेको ओखलडाँडाबाट बुधबार तोमनडाँडामा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

स्थानान्तरण गरिएको कार्यालय अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष ललिता अधिकारीले एक समारोहका बीच उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा सबै पार्टीका पालिका स्तरका नेता, कार्यपालिका सदस्यहरु र सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

केही दिनअघिको कार्यपालिका बैठकले निर्णय गरेर कार्यालय बुधबारदेखि तोमनडाँडामा स्थान्तरण गरेको तिमिल्सिनाले जानकारी दिए ।

राजमार्गबाट पनि नजिक पर्ने र यसअघिको कार्यालय भन्दा तोमनडाँडाको कार्यालय सबै वडाहरुबाट सुगम भएकाले स्थानान्तरण गरिएको उनले बताए ।

हाललाई विद्यालयको नाममा रहेको तर उपयोग नभएको भवन र तरकारी संकलन केन्द्रका लागि निर्माण गरिएको भवनबाट सेवा दिने उनले बताए । भवन निर्माणका लागि यथेष्ट बजेट प्राप्त भइरहे पनि स्थानको बिषयमा विवाद हुँदा बिगत पाँच बर्षदेखि कार्यालय भवन निर्माण हुन सकेको थिएन । विवादकै कारण भवन निर्माणका लागि आव्हान गरिएको टेण्डर पनि स्थगित गरिएको थियो ।

तोमनडाँडामा जग्गा प्राप्त भएपछि नयाँ टेण्डर प्रक्रिया सुरु गरी भवन निर्माण गर्ने अध्यक्ष तिमिल्सिनाले बताए । ‘स्थानीयबासीबाट नि:शुल्क रुपमा जग्गा प्राप्त हुने भएको छ’, उनले भने, ‘जग्गा प्राप्त भएपछि भवन निर्माणको प्रक्रिया सुरु हुन्छ ।’

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - २१:२९:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology