Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आदिवासी जनजाती महासंघ आँबुखैरेनीको अध्यक्षमा आरती श्रेष्ठ चयन

आदिवासी जनजाती महासंघ आँबुखैरेनीको अध्यक्षमा आरती श्रेष्ठ चयन

images

इच्छाकामना न्युज

२२, भाद्र २०७९
आदिवासी जनजाती महासंघ आँबुखैरेनीको अध्यक्षमा आरती श्रेष्ठ चयन
images

आँबुखैरेनी । नेपाल आदिवासी जनजाती महासंघ आँबुखैरेनी इकाई समितिको अध्यक्षमा आरती श्रेष्ठ चयन भएका छन्। महासंघको आँबुखैरेनी इकाई समितिको आज सम्पन्न चौथो अधिवेशनबाट झिगुँः नेवा खलका संस्थापक अध्यक्ष समेत रहेका आरती श्रेष्ठ अध्यक्षमा चयन भएका हुन्।

अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। महासंघ इकाई समितिको उपाध्यक्षमा सपना तामाङ, सचिवमा टंक कुमारी सिजाली, सह–सविचमा अमर थापा, कोषाध्यक्षमा विरूमाया गुरूङ, सदस्यहरुमा गरिमा भुजेल, सुकमाया चेपाङ, युवराज कुमाल, किसान श्रेष्ठ र मिनशोभा गुरूङ चयन भएका छन् भने बाँकी १ सदस्य भने पछि मनोनित गरिने भएको छ। 

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - २१:१०:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology