आँबुखैरेनी । मुग्लिन–पोखरा सडक आयोजनाकै स्काभेटर प्रयोग गरेर तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित कुडुले घाटमा अवैध रुपमा नदी दोहन गरेको पाईएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा गरिएको स्थलगत अनुगमनका क्रममा अवैध रुपमा नदी दोहन गरेको भेटिएको हो।

अनुगमनका क्रममा अवैध नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा फेला पारेकोले मुग्लिन–पोखरा सडक आयोजनाको स्काभेटर मेसिन गाउँपालिकाले नियन्त्रणमा लिएको छ । पछि गाउँपालिकाले नियन्त्रणमा लिएको मेसिनको ३० हजार जरीवाना गराइएको अध्यक्ष शुक्र चुमानले जानकारी दिए । “नदी दोहन गरिरहेको भन्ने गुनासो आएपछि तत्कालै स्थलगत निरीक्षणमा गएका थियौ र नदी दोहन गर्ने मेसिन नियन्त्रणमा लिई जरिवाना तिराईएको छ” उनले भने ।