आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन । मुग्लिन पुलजिपको चेकपोष्टमा हिजो साँझ सुनौलीबाट पोखरा तर्फ आउदै गरेको ग.२ ख। ३७५ न.को बस रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार रुपन्देही , मर्चवारी गाउँपालिका वडा न. २ घर हुने वर्ष २२ को नरेन्द्र प्रसाद बरुणलाई लागुऔषध सहित पक्राउ गरिएको हो।
बरुणले बोकी ल्याएको कालो झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा नुफिन ३१४ एम्पुल, डाईजेपाम ३१५ एम्पुल र फेनरागन ३१५ एम्पुल गरी जम्मा ९४४ एम्पुल लागुऔषध बरामद गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । लागुऔषध सहित पक्राउ परेका बरुणलाई तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्धामा ११ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।