कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा सप्तरंगी लोक साँस्कृतिक संरक्षण समिति गठन भएको छ। आज कुरिनटारमा भएको एक भेलाले कृष्ण बहादुर गुरुङको अध्यक्षतामा समिति गठन गरिएको हो।
भेलाले समितिको उपाध्यक्षमा सन्त बहादुर मगर, सचिवमा गोबिन्द बाबु रिजाल, सहसचिवमा गणेश गुरूङ, कोषाध्यक्षमा लक्ष्मि लामाका साथै सदस्यहरूमा सरिता गुरूङ, राकेश थापा, राजु श्रेष्ठ, चन्द्र परियार, किसान बाबु राना, शितल गुरूङ, दल बहादुर राना, चमेलि आले, विकास गुरूङ, चित्रा शेरचन, गौमति गुरूङ र पदम चेपाङ चयन भएका छन्।
भेलामा प्रमुख अतिथिको रुपमा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, विशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष माया सिलवाल, निवर्तमान गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, निवर्तमान उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।