Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गण्डकी गाउँपालिका

तोमनडाडाँमा मुख्य सेवा केन्द्र स्थापना गर्ने गण्डकी गाउँपालिकाको निर्णय

तोमनडाडाँमा मुख्य सेवा केन्द्र स्थापना गर्ने गण्डकी गाउँपालिकाको निर्णय

images

इच्छाकामना न्युज

१८, भाद्र २०७९
तोमनडाडाँमा मुख्य सेवा केन्द्र स्थापना गर्ने गण्डकी गाउँपालिकाको निर्णय
images

भुम्लिचोक। गोरखाको गण्डकी गाउँपालिकाले मुख्य सेवा केन्द्र तोमनडाडामा स्थापना गर्ने निर्णय गरेको छ । पालिकाको शनिबार बसेको गाउँकार्यपालिका बैठकले पालिका केन्द्रबाट प्रवाह हुने सम्पुर्ण सेवा पालिकाको वडा नम्बर ६ स्थित तोमनडाँडाबाट प्रवाह गर्ने निर्णय भएको पालिका अध्यक्ष दिपक तिमिल्सिना ‘साकार’ ले जानकारी दिए ।

पालिका केन्द्र अपायक ठाउँमा रहदा पालिकावासीले दुःख झेल्दै आएको समेत उनले बताए । कार्यपालिकाको सेवा केन्द्र सार्ने निर्णयसंगै अब सम्पुर्ण सेवा प्रवाह पालिकाको वडा नम्बर ६ स्थित तोमनडाँडबाट हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । ‘आजको निर्णयले गाउँपलिकावासीले सहज रुपमा प्रशासनिक सेवा प्राप्त गर्नेछन्’ –अध्यक्ष तिमिल्सिनाले भने ‘पालिका केन्द्रनै सार्ने योजना भए पनि दुईतिहाइ मत नपुग्दा सार्न सकिएन, हाम्रो प्रयास जारी रहन्छ।’

कांग्रेस र एमालेबाट निर्वाचित प्रतिनिधिले पालिका केन्द्र सार्न असहयोग गरेकाले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न मुख्य सेवा केन्द्र सार्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका केन्द्रको बिषयमा असहमति जनाउदै कांग्रेस र एमालेका जनप्रतिनिधि गाउँसभानै बहिस्कार गर्दै आएका थिए ।

माओवाद केन्द्र वडा नम्बर ६ को वनटारमा पालिकाको केन्द्र सार्न चाहान्छ भन्ने कांग्रेस र एमाले भूम्लिचोक नै हुनुपर्छ भन्ने अडान लिदै आएका छन् ।

images
प्रकाशित मिति :भाद्र १८, २०७९ शनिवार - २०:५६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology