Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

कपाल फुल्नबाट जोगिन आजै दिनचर्यामा यी ५ परिवर्तन गर्नुहोस्

कपाल फुल्नबाट जोगिन आजै दिनचर्यामा यी ५ परिवर्तन गर्नुहोस्

images

इच्छाकामना न्युज

१७, भाद्र २०७९
कपाल फुल्नबाट जोगिन आजै दिनचर्यामा यी ५ परिवर्तन गर्नुहोस्
images

कपालले हाम्रो सौन्दर्यलाई दोब्बर बनाउँछ । तर कपालको हेरचाह नगर्ने हो भने समय नपुग्दै कपाल सेतो हुन सक्छ । सेतो कपालले समयभन्दा पहिले नै बूढो देखिन्छ । कपालमा केमिकलको अत्यधिक प्रयोग, कपालमा पोषणको कमी आदि जस्ता धेरै यस्ता कारण छन् जसले कपाल सेतो हुने गर्दछ । जीवनशैलीमा केही आवश्यक परिवर्तनहरू गरेर, तपाईंले आफ्नो छाला र कपालमा परिवर्तन देख्नुहुनेछ । यदि तपार्इं समय भन्दा पहिले नै कपाल फुल्नबाट जोगिन चाहनुहुन्छ भने, यी तरिका अपनाउन सक्नुहुन्छ ।

१. धुम्रपान छोड्नुहोस्

धुम्रपानले कपाल छिट्टै नै फुल्ने गर्दछ । चुरोटमा पाइने टक्सिनले कपालको फोलिकल्सलाई नोक्सान पुर्‍याउँछ । समयपूर्व बुढ्यौलीको समस्याबाट छुटकारा पाउन धुम्रपान त्याग्नुहोस् ।

२. रसायनको अत्यधिक प्रयोग नगर्नुहोस्

यदि तपार्इं धेरै खालको हेयर प्रडक्टस प्रयोग गर्नुहुन्छ भने तपाईंको कपाल छिट्टै फुल्न सक्छ । यी उत्पादनमा भएका केमिकल्सले कपाललाई बिगार्छ र छिटै फुल्ने समस्या निम्त्याउन सक्छ । धेरै खालका उत्पादन प्रयोग गर्दा कपाल ड्राई पनि हुनसक्छ ।

३. कपालमा तेल लगाउनुहोस्

कपालमा तेल नलगाउँदा कपाल फुल्ने गर्छ । हप्तामा कम्तिमा दुई पटक कपालमा तेल लगाउनु पर्छ । तेलबाट कपाललाई पोषण मिल्छ । कपालमा बदामको तेल, नरिवलको तेल, जैतुनको तेल आदि लगाउन सक्नुहुन्छ ।

४. पौष्टिक आहार लिनुहोस्

खानामा पोषक तत्वको कमीका कारण कपाल फुल्ने समस्या हुन सक्छ । खानामा भिटामिन ए, भिटामिन ई, भिटामिन डी आदिको कमीले कपाल फुल्न सक्छ । भिटामिन, मिनरल्स र अत्यावश्यक पौष्टिक तत्व भएको खाना खानुपर्छ ।

५. घाममा लामो समयसम्म नबस्नुहोस्

यदि तपाईं लामो समयसम्म घाममा बस्नुभयो भने, तपाईंको कपाल छिट्टै सेतो हुन सक्छ । पराबैंगनी किरणले हाम्रो कपाललाई हानी गर्छ । लामो समय घाममा बस्ने बानी छ भने यो बानी बदल्नुहोस् । कपाललाई घामबाट जोगाउन छाता वा स्कार्फ लगाएर बाहिर निस्कनुपर्छ।

कपाल स्वस्थ राख्नको लागि दैनिक स्वस्थ आहार लिनुहोस् र कपालको सरसफाइमा ध्यान दिनुहोस् ।

 

 
 

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०९:३८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology