Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

बिहानै देखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुल्न सकेन, कहिले खुल्ला ?

बिहानै देखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुल्न सकेन, कहिले खुल्ला ?

इच्छाकामना न्युज

१६, भाद्र २०७९
बिहानै देखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै खुल्न सकेन, कहिले खुल्ला ?
images

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन दिउँसो दुई/तीन बजेसम्ममा खुलाउने प्रयास गरिने भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान ६ बजे लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

images
images

दुई वटा डोजर, एउटा एक्साभेटर र दुई वटा लोडरको प्रयोग गरि हाल पहिरो पन्छाउने काम भइरहेको छ । तर लगातार खसेको लेदोमाटो बगीरहेकाले पहिरो हटाउन भने समस्या भएको छ ।

तर १८ किलो र ५ किलोमा खसेको पहिरो भने हटाइएको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिए । सडक बन्द हुँदा बिहानैदेखि गाडी र यात्रु रोकिएका छन् । त्यस्तै उक्त क्षेत्रमा पानी परिरहेकाले थप पहिरो जाने जोखिम रहेको उनको भनाइ छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - १२:२३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology