एसिया कप क्रिकेटमा आज श्रीलङ्का र बङ्गलादेश खेल्दैछन् । खेल स्थानीय समय अनुसार बिहान ७ बजे हुनेछ ।
यसअघि राति भएको खेलमा हङ्कङलाई ४० रनले हराउँदै भारत अन्तिम ४ मा प्रवेश गरेको छ । भारतले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ रन बनाउन सक्यो ।
त्यसअघि ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १ सय ९२ रन बनाएको हो । यस जितसँगै समूह ‘ए’ को भारतले २ खेलबाट ४ अङ्क जोडेको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।