Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो अपडेट : तत्काल सडक खुल्ने सम्भावना छैन

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो अपडेट : तत्काल सडक खुल्ने सम्भावना छैन

images

इच्छाकामना न्युज

१६, भाद्र २०७९
नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो अपडेट : तत्काल सडक खुल्ने सम्भावना छैन
images

मुग्लिन । अविरल वर्षाका कारण आएको पहिरोले मुग्लिन नारायणगढ सडक पटक पटक अबरुद्ध हुदै आएको छ । विभिन्न ठाउमा खसेको पहिरोका कारण आज विहान ६ बजे देखि मुग्लिन नारायणगढ सडक पुर्ण रुपमा अबरुद्ध बन्न पुगेको छ ।

pahiro 1.jpg

ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरिक्षक शैलेन्द्र यादवका अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ मा पर्ने १६ किलो, १८ किलो र केरावारीमा ठुलो पहिरो खसेको बताएका छन् । १८ किलो र केरावारीको पहिरो हटाउन बढीमा २ घण्टा लाग्ने लोडर अपरेटर अमर गुरुङ्गले बताएका छन् ।

मुग्लिन देखि ५ किलो सम्म भने खसेको साना पहिरोहरु भने हटाइ सकेको तर १६ किलोमा सडक भासिएको हुदा सडक एकतर्फी मात्रै सञ्चालनमा ल्याउन सकिने प्रहरीले जनाएको छ । यतिबेला सवारी साधनहरुलाई मुग्लिन, कुरिन, जुगेडीमा रोकिएको छ ।

तस्वीरः रन्जिला क्षेत्री
 

images
प्रकाशित मिति :भाद्र १६, २०७९ बिहिवार - ०८:५०:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology