कुरिनटार । अविरल झरी परेसँगै नारायणगढ – मुग्लिन सडकखण्डको विभिन्न ठाउँमा पहिरो जादा सडक अवरुद्ध बनेको छ । बर्षासगैँ विभिन्न स्थानमा लेदो सहितको पहिरो खसेपछि सडकखण्डको २ ठाउँमा पहिरो खसेकोले सडक अवरुद्ध बनेको हो ।
प्रहरीका अनुसार इच्छाकामना ६ को चारकिलो र भरतपुर २९ स्थित केराबारीमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो । सडक विभागसंग समन्वय गरि पहिरो खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।