तनहुँ । नेकपा (माओवादी) केन्द्र तनहुँको सचिवमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान चयन भएका छन् । पार्टीको बुधबार दमौलीमा सम्पन्न बैठकले चुमानलाई सचिवमा चयन गरेको हो ।
केन्द्रको संयोजकमा ओमराज आले (मदन)ले बुधबार मात्रै पदस्थापन गरेका थिए । बैठकले माओवादी केन्द्र तनहुँ १ नम्बर क्षेत्रीय कमिटीको संयोजकमा दिपक पन्त र २ को संयोजकमा मुक्ति सिग्देललाई चयन गरेको छ ।
बैठकले भदौ १८ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कमिटीले सिफारिस गरी पठाएका उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाउने निर्णय गरेको माओवादी केन्द्रका नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिए ।