Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

माओवादी केन्द्र तनहुँको सचिवमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान चयन

माओवादी केन्द्र तनहुँको सचिवमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान चयन

images

इच्छाकामना न्युज

१५, भाद्र २०७९
माओवादी केन्द्र तनहुँको सचिवमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान चयन
images

तनहुँ । नेकपा (माओवादी) केन्द्र तनहुँको सचिवमा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान चयन भएका छन् । पार्टीको बुधबार दमौलीमा सम्पन्न बैठकले चुमानलाई सचिवमा चयन गरेको हो ।

केन्द्रको संयोजकमा ओमराज आले (मदन)ले बुधबार मात्रै पदस्थापन गरेका थिए । बैठकले माओवादी केन्द्र तनहुँ १ नम्बर क्षेत्रीय कमिटीको संयोजकमा दिपक पन्त र २ को संयोजकमा मुक्ति सिग्देललाई चयन गरेको छ ।

बैठकले भदौ १८ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय कमिटीले सिफारिस गरी पठाएका उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाउने निर्णय गरेको माओवादी केन्द्रका नेता अतिन्द्रकेशरी न्यौपानेले जानकारी दिए ।

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - १९:०३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology