Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तत्कालीन सोभियत युनियनका अन्तिम नेता गोर्बाचेभको निधन 

तत्कालीन सोभियत युनियनका अन्तिम नेता गोर्बाचेभको निधन 

images

एजेन्सी

१५, भाद्र २०७९
तत्कालीन सोभियत युनियनका अन्तिम नेता गोर्बाचेभको निधन 
images

रुस । तत्कालीन सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको निधन भएको छ । शीतयुद्धलाई शान्तिपूर्ण रूपमा अन्त्य गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो ।

सन् १९८५ मा तत्कालीन सोभियत युनियनको सत्तामा पुग्नुभएका उहाँले आफू सत्तामा पुगेसँगै सोभियत युनियन विश्वका लागि खुला गर्नुका साथै आन्तरिक रूपमा सुधारहरू गर्नुभएको थियो । तर उहाँ युनियनको मन्दगतिमा भइरहेको स्खलन रोक्न भने असफल रहनुभयो । सोभियत युनियनको स्खलनसँगै नयाँ रुसको उदय भएको हो ।

गम्भीर दीर्घरोगसँग जुध्दै आएका गोर्बाचोभको मस्कोस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

images
प्रकाशित मिति :भाद्र १५, २०७९ बुधवार - ०९:०८:३२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology