Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै 

आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै 

इच्छाकामना न्युज

११, भाद्र २०७९
आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै 
images

काठमाण्डौ । आज मोती जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जन्म भएको दिनलाई मोती जयन्तीको रुपमा मनाउने गरिन्छ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको वि.सं. १९२३ सालको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्म भएको थियो ।

images
images

श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका भट्टले कथा, नाटक र निबन्ध लगायतको रचना गर्नुभएको छ । ३० वर्षकै अल्पायुमा वि.सं. १९५३ सालमा भाद्र कृष्ण औँसीकै दिन उहाँको निधन भएको थियो । भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।

थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिनुभएका भट्टले वि.सं. १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याउनुभएको थियो । भट्टको शकुन्तला नाटक र काव्य, सम्पूर्ण रामायण, रामायण बालकाण्डल लगायत पुस्तकहरू प्रकाशनमा छन् । 

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - ०९:०८:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology