Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पूर्व–पश्चिम राजमार्ग

पूर्व तयारी गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन 

पूर्व तयारी गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन 

images

इच्छाकामना न्युज

९, भाद्र २०७९
पूर्व तयारी गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन 
images

काठमाण्डौ । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको संसदीय समितिले पूर्वतयारीका सम्पूर्ण कार्यहरू सम्पन्न गरेर मात्रै पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजोको बैठकले नारायणघाट–बुटवल सडक खण्डमा देखिएको समस्या दोहोरिन नदिने गरी काम गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

सडकका पैदल यात्रु र त्यस वरपरका स्थानीय बासिन्दालाई समेत सहज हुने गरी पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको कामलाई अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो । समितिले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा ल्याइएको रेल सेवालाई सहज हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ।

यस्तै, प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रघुगङ्गा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । हिजो समितिले तनहुँ जलविद्युत आयोजना र रघुगङ्गा जलविद्युत आयोजनाको विषयमा विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयसँग गरेको छलफल पछि समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो निर्देशन दिनुभएको हो । 

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - १०:०६:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology