Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू सर्वोच्चद्वारा खारेज 

कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू सर्वोच्चद्वारा खारेज 

images

इच्छाकामना न्युज

८, भाद्र २०७९
कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू सर्वोच्चद्वारा खारेज 
images

काठमाण्डौ । सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका अधिकांश रिटहरू खारेज गरेको छ । संवैधानिक इजलासले हिजो गरेको फैसलासँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि परीक्षा लिने बाटो खुलेको छ ।

फैसलाको लिखित कपी भने आउन बाँकी रहेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । किरण पौडेल, भाष्कर ढुंगेल, गायत्री लम्साल लगायत विभिन्न कर्मचारीले फरक फरक समस्यासहित समायोजनविरुद्ध मुद्दा दायर गरेका थिए ।

उनीहरूले खटाएको ठाउँमा जान नचाहेकोमा अदालतले अधिकांशको हकमा खटाएको ठाउँमा जानुपर्ने भन्दै रिट खारेज गरेको छ । करिब ८० जनाको मुद्दाको एकै पटक सुनुवाइ गर्दै सर्वोच्चले कतिपयको हकमा मागबमोजिम परमादेश समेत दिएको छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०७९ बुधवार - ०९:४०:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology