Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मिटरब्याजी पीडित

मिटरब्याजी पीडितले साहुकारविरुद्ध कुनैपनि बेला उजुरी दिन पाउने

मिटरब्याजी पीडितले साहुकारविरुद्ध कुनैपनि बेला उजुरी दिन पाउने

सिआईएन

७, भाद्र २०७९
मिटरब्याजी पीडितले साहुकारविरुद्ध कुनैपनि बेला उजुरी दिन पाउने
images

काठमाण्डौ । मिटरब्याजमा ऋण लगानी गरेर विपन्न नागरिकको उठिबास गराउने साहुकारहरूको बारेमा अब पीडितहरूले जुनबेलामा पनि उजुरी दिन पाउने भएका छन् ।

images
images

मिटरब्याज पीडितहरूको  समस्या समाधानका लागि गठित गृहमन्त्रालय मातहतको कार्यदलको हिजोको बैठकले जुनसुकै समयमा पनि पीडितको उजुरी लिन र कारबाही प्रक्रिया अघि बढाउन ७७ जिल्ला प्रशासन कार्यालयलाई कार्यविधि परिपत्र पठाउन निर्देशन दिन सिफारिस गर्ने निर्णय गरेको छ। पीडितहरूलाई यसअघि भदौ ५ गतेसम्ममा उजुरी दिन भनिएको थियो ।

मिटरब्याजीहरूका कारण समस्यामा परेकाहरूको बारेमा अध्ययन गर्न गृहमन्त्रालयले सहसचिव डा. भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । संयोजक भुसालका अनुसार काठमाडाँैको माइतीघरमा आन्दोलनरत मिटरब्याज पीडितहरूसँग हिजो भएको छलफलमा साहुकारहरुकोविरुद्धमा उजुरी दिने र कारबाहीका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

सबैभन्दा धेरै उजुरी परेका प्रदेशमा कार्यदल एकदुई दिनमै स्थलगत अध्ययनका लागि पुग्ने संयोजक भुसालले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार भदौ ५ गतेसम्मको समयावधिमा सातै प्रदेशबाट गरी जम्मा १९ सय ३७ उजुरी जिल्ला प्रशासन कार्यालयमार्फत परेका  छन् ।

सबैभन्दा धेरै मधेस प्रदेशबाट मिटरब्याजविरुद्ध १३ सय ३० उजुरी परेका छन् । १ नम्बर प्रदेशमा ९२, बागमतीमा २ सय २, गण्डकीमा ३५, लुम्बिनीमा २ सय ११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेका छन् ।

images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - ०९:१३:०७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology