चितवन । आज देशका पहाडी भू–भागमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखापश्चिमतिर सरदर स्थानभन्दा उत्तर तिर र पूर्वतिर सरदर स्थानमा अवस्थित रहेको छ। प्रदेश १ मा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
आज बिहानैदेखि प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको पनि महाशाखाले बताएको छ।
आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने तथा बागमती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशभर मौसम बदली भइ वर्षा हुने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।