Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

निःशुल्क हवाई उद्धार 

जोखिममा रहेका ४ सयभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार 

जोखिममा रहेका ४ सयभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार 

images

इच्छाकामना न्युज

२, भाद्र २०७९
जोखिममा रहेका ४ सयभन्दा बढी गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार 
images

उषा तामाङ, काठमाडौँ । सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निः शुल्क हवाई उद्धार सेवा कार्यक्रम लागु गरे यता हालसम्म ४ सय ३ जनाको उद्धार भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा २६ जना, २०७६/०७७ मा ८७ जना, २०७७/०७८ मा १ सय ३ जना, गत आर्थिक वर्ष १ सय ६९ जना र चालु आर्थिक वर्षको हालसम्म १८ जना गरी ४ सय ३ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई सेवा मार्फत उद्धार गरिएको हो ।

सबैभन्दा बढी कर्णाली प्रदेशका १ सय ४१, प्रदेश १ का १ सय ३, बागमती प्रदेशका ७१, सुदुरपश्चिम प्रदेशका ६१, गण्डकी प्रदेशका २० र लुम्बिनी प्रदेशका ७ गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ । हाल यो कार्यक्रम ताप्लेजुङ, सङ्खुवासभा, भोेजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बझाङ, बाजुरा अछाम र दार्चुला गरी १९ जिल्लामा पूर्ण रुपमा कार्यान्वयनमा छ । २९ जिल्लामा आंशिक रुपमा लागु छ ।

सरकारले सबै जिल्लामा यो कार्यक्रम लागु गर्ने तयारी गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बताउनुभयो ।

लामो प्रश्रव व्यथा लागेमा वा सुत्केरी तथा गर्भवती अवस्थामा कुनै पनि समस्या देखिएमा स्थानीय सरकारको समन्वयमा मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइको ९८५१२५५२५४ र ०१४२००३२८ सम्पर्क गर्न सकिन्छ । यसरी उद्धार गरिएका महिलाको तोकिएका विभिन्न १३ अस्पतालमा उपचार हुने गरेको छ । तर, उद्धारको लागि सम्मन्वय भने अझै सहज नभएको नागरिक बताउँछन् । 

images
प्रकाशित मिति :भाद्र २, २०७९ बिहिवार - ०९:१९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology