काठमाण्डौ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नयाँ खेल तालिका आगामी हप्ता सार्वजनिक हुने भएको छ । हिजो बसेको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को कार्यकारिणी समितिको बैठकले महिला साफको नयाँ तालिका सार्वजनिकका लागि अगस्ट २३ सम्म पर्खने निर्णय गरेको हो ।यस्तै श्रीलङ्कामा आयोजना हुने साफ १७ वर्ष मुनिको च्याम्पियनसिपको नयाँ तालिकाका लागि समेत अगस्ट २३ सम्म पर्खने निर्णय गरेको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई प्रतिबन्ध लगाएपछि साफको बैठक बसेको हो । बैठकले अगस्ट २४ मा नयाँ तालिका सार्वजनिक गरिने जनाएको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई प्रतिबन्ध लगाएपछि साफको बैठक बसेको हो ।
बैठकले अगस्ट २४ मा नयाँ तालिका सार्वजनिक गरिने जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।