काठमाण्डौ । आज राति गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनर चट्याङ्गसहित भारी वर्षाकोसम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने भएपनि राति भने गण्डकी प्रदेशका एकदुई ठाउँमा भारी वर्षाकोसम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
रातिदेखि देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो गइरहने स्थानका बासिन्दालाई सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।