Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

आज इच्छाकामना ७ का अधिकांश क्षेत्रमा विद्युत अवरुद्ध हुने 

आज इच्छाकामना ७ का अधिकांश क्षेत्रमा विद्युत अवरुद्ध हुने 

images

इच्छाकामना न्युज

१, भाद्र २०७९
आज इच्छाकामना ७ का अधिकांश क्षेत्रमा विद्युत अवरुद्ध हुने 
images

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ७ का अधिकांश क्षेत्रमा विधुत अवरुद्ध हुने भएको छ । आज  भदौ १ गते बुधबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म भरतपुर महानगरपालिकाको ६ लेन बाटोको मिलन चोकमा रहेको ३३ केभि लाईनको पोल बाटो बिस्तार कार्यको लागि स्थानान्तरण गर्नु पर्ने भएकोले विधुत अवरुद्ध गर्नु परेको नेपाल विद्युत प्राधिकरण रत्ननगर टांडी वितरण केन्द्रले जनाएको छ ।

टांडी वितरण केन्द्र अन्तर्गत ३२र११ के.भि. पर्सा सबस्टेसनबाट वितरण भएको ११ के.भि. चैनपुर, टाँडी र सौराहा फिडर अन्तर्गत रत्ननगर न.पा. वडा नं. १, २, ३, ४, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, खैरहनी न.पा. वडा नं. १, २, ३ र ४, कालिका न.पा. र इच्छाकमना गा.पा. वडा नं. ७ को सम्पुर्ण क्षेत्रमा उक्त समयमा बिद्युत सेवा अबरुद्ध रहने केन्द्रद्वारा जारी सुचनामा जनाईएको छ ।

images
प्रकाशित मिति :भाद्र १, २०७९ बुधवार - ०८:४३:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology