Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित 

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित 

images

इच्छाकामना न्युज

३१, श्रावण २०७९
पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित 
images

काठमाण्डौ । प्रतिनिधिसभाले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । आजको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंहले यो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।  

पारित विधेयक अब राष्ट्रिय सभामा पेश हुनेछ र राष्ट्रिय सभाले पनि दफावार छलफल सहित पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । राष्ट्रिय सभाले पारित गरेर पठाएपछि प्रतिनिधिसभा स्वीकार गरी सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाउने प्रक्रिया रहेको छ ।  

पारित हुनुअघि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पेश गरेको उक्त विधेयकको प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसदहरूले विधेयकमा अस्पष्टताहरू रहेको भन्दै सुधारको माग गरे ।

नेपाली काँग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले विधेयकको नाम, क्षेत्राधिकार र विशिष्टकृत वर्गीकरणमा समेत संशोधनको माग राख्नुभयो ।  अन्यथा, पशु चिकित्सक, पशु स्वास्थ्य प्रावधिक, पशु व्यवसायी, पशु स्वास्थ्य सम्बन्धी ज्ञान भएका मानिसहरूमा क्षेत्राधिकारबारे दुविधा उत्पन्न हुन सक्ने उहाँको भनाइ छ ।

नेकपा एमालेका सांसद खगराज अधिकारीले विधेयकमा एसएसली र आईएस्सी गरेका जनशक्तिलाई एकै ठाउँमा राखिएको भन्दै विधेयक जस्ताको तस्तै पारित गरिए प्रश्न उठ्न सक्ने बताउनुभयो  ।

सांसद दुर्गाबहादुर रावतले पशु स्वास्थ्यका सन्दर्भमा नेपालका ग्रामीण भेगहरुमा पुख्र्याैली ज्ञानबाट सेवा प्रदान भइरहेको स्मरण गर्दै त्यो ज्ञानलाई कसरी सङ्कलन गर्ने, संरक्षण कसरी गर्ने भन्ने बारेमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।  

कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्र कुमार सिंहले सांसदहरूले दिएका सुझावलाई समेट्न तयार रहेको बताउनुभयो । तर, सांसदहरूका संशोधन ऐनमा नभए नियमावलीमा समेटिने र ऐनमा रहेका अस्पष्टताहरूलाई नियमावलीले स्पष्ट गर्ने उहाँको जवाफ थियो ।

मन्त्री सिंहका अनुसार लगभग ३८ सय सरकारी र निजी क्षेत्रमा २१ हजार जति पशु प्राविधिक रहेका छन् । उनीहरुको नियमन गर्नका लागि विधेयक ल्याएको उहाँको प्रष्टीकरण दिनुभयो । 

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १८:४६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology