Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारत सहभागी हुन नपाउने 

महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारत सहभागी हुन नपाउने 

images

इच्छाकामना न्युज

३१, श्रावण २०७९
महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारत सहभागी हुन नपाउने 
images

काठमाण्डौ । आगामी महिना नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारत सहभागी हुन नपाउने भएको छ । अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई निलम्बन गरेसँगै भारतीय टिमले महिला साफ च्याम्पियनसिपमा भाग लिन नपाउने भएको हो ।

भदौ २१ देखि असोज ३ सम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा अब ६ टिमले मात्र भाग लिनेभएका छन् । नेपालमा दोस्रो पटक महिला साफ च्याम्पियनसिप प्रतियोगिता हुन लागेको हो ।

यसअघि सन् २०१९ मा विराटनगरमा महिला साफ भएको थियो । प्रतियोगितामा समूह ’बी’ मा नेपालसँगै भुटान र श्रीलंका छन् भने समूह ’ए’ मा पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् । यो समूहमा भारत पनि रहेको थियो ।

अहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो । नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ। चारै पटक नेपाल भारतसँग पराजित भएको थियो । 

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १८:१३:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology