Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

प्रज्ञा प्रतिष्ठानका पुस्तक अब अनलाइनबाट किन्न सकिने 

प्रज्ञा प्रतिष्ठानका पुस्तक अब अनलाइनबाट किन्न सकिने 

इच्छाकामना न्युज

३०, श्रावण २०७९
प्रज्ञा प्रतिष्ठानका पुस्तक अब अनलाइनबाट किन्न सकिने 

काठमाण्डौ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरू अब अनलाइनबाट किन्न सकिने भएको छ । हालसम्म प्रतिष्ठानले छापेका पुस्तक खरिदका लागिकाठमाडौँको कमलादीस्थित प्रतिष्ठानमै वा अरु पुस्तक पसलमा भौतिक रुपमै उपस्थित हुनुपथ्र्यो । अब भने विभिन्न वालेट प्रयोग गरी अनलाइनबाट किताव खरिद गर्न सकिने व्यवस्था गरिएको प्राज्ञ हरि तिमल्सिनाले बताउनुभयो ।

images

उहाँका अनुसार अनलाइनबाटै पुस्तक किन्न सकिने प्रणालीको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै हुनुहुन्छ । प्रज्ञाले सुरुमा ३५ पुस्तक अनलाइनबाट खरिदबिक्रीको व्यवस्था गरेको छ ।

बिहान १० बजेपछि प्रतिष्ठानमा हुने विशेष समारोहका बीच प्रधानमन्त्री देउवाले ३७ औँ प्राज्ञ सभाको पनि उद्घाटन गर्नुहुने तिमल्सिनाले जानकारी दिनुभयो । साहित्यकार परिचयपत्र वितरणको सुरुवात पनि आजैबाट गरिने उहाँले बताउनुभयो ।  

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - ०९:२६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology