Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सूचना अधिकारीको विवरण सबैले देख्नेगरी राख्न राष्ट्रिय सूचना आयोगको निर्देशन 

सूचना अधिकारीको विवरण सबैले देख्नेगरी राख्न राष्ट्रिय सूचना आयोगको निर्देशन 

images

इच्छाकामना न्युज

३०, श्रावण २०७९
सूचना अधिकारीको विवरण सबैले देख्नेगरी राख्न राष्ट्रिय सूचना आयोगको निर्देशन 
images

काठमाण्डौ । राष्ट्रिय सूचना आयोगले सबै स्थानीय तहलाई सूचना अधिकारीको विवरण सबैले देख्नेगरी राख्न आदेश दिएको छ । आयोगले सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा १९ को ङ बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत्७ सय ५३ वटै स्थानीय तहलाई यस्तो आदेश दिएको हो ।

सूचना अधिकारीको नाम, पद, सम्पर्क नम्बर ल्याण्डलाइन र मोबाइल इमेल, कोठा नम्बर उल्लेख गरेको फ्लेक्स कार्यालयको प्रवेशद्वार नजिकै सबैले देख्न सहज हुने गरी राख्ने र वेबसाइट तथा अन्य प्रकाशनमा पनि नियमित रुपमा राख्न आदेश दिएको आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

धेरै निकायको वेबसाइटमा सूचना अधिकारीको नाम हुने तर, सम्पर्कका लागि मोबाइल नम्बर नराख्ने गरेको पाइएको र यसबाट सर्वसाधारण नागरिक र सार्वजनिक निकाय बीचको सम्बन्ध टुटाउँदै लैजाने नियतका साथ यस्तो भइरहेको पाइएपछि यस्तो आदेश गरिएको हो ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - ०९:२५:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology