चितवन । आज देशका केही स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । सीआईएनसँग कुरा गर्दै मौसमविद् मन्जु बासीले आज देशका विभिन्न ठाउँमा पानी पर्दै रोकिने जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने मेघगर्जनर चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
भोलि दिउँसोबाट भने पानी पर्न कम भएर मौसम खुल्दै जाने पनि उहाँले बताउनुभयो । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै भोलि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।