Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर विजयी 

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर विजयी 

images

इच्छाकामना न्युज

२९, श्रावण २०७९
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर विजयी 
images

इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी विजयी भएको छ । गयराति भएको खेलमा सिटीले बर्नेमाउथलाई ४–० गोल अन्तरले पराजित गर्दै फराकिलो जित हात पारेको हो ।

जितसँगै सिटी २ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।बर्नेमाउथको यो पहिलो हार हो । बर्नेमाउथले २ खेलमा ३ अङ्क जोडेको छ । हिजै भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई २–१ गोल अन्तरले हराएको छ ।

भिल्लाको यो पहिलो जित हो भने एभर्टनको यो लगातार दोस्रो हार हो । यस्तै हिजोको तेस्रो खेलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ ।लेस्टर सिटीलाई ४–२ गोल अन्तरले हराउँदै आर्सनलले लगातार दोस्रो जित निकालेको हो।

साउथह्याम्पटन र लिड्स युनाईटेडले २–२ गोलको बराबरी खेलेका छन् । हिजो भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड लगातार दोस्रोपटक पराजित भएको छ । ब्रेन्टफोर्डसँग ४–० गोल अन्तरले म्यान्चेस्टर पराजित भएको हो ।

ब्रेन्टफोर्ड २ खेलमा ४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।युनाईटेड अङ्कबिहीन रहँदै पुछारमा रहेको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०७९ आइतवार - ०९:५२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology