Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना संक्रमण

कोरोनाको सङ्क्रमणदर चौथो लहरको सङ्केत, तयारीमा सरकार सुस्त 

कोरोनाको सङ्क्रमणदर चौथो लहरको सङ्केत, तयारीमा सरकार सुस्त 

सिआईएन

२८, श्रावण २०७९
कोरोनाको सङ्क्रमणदर चौथो लहरको सङ्केत, तयारीमा सरकार सुस्त 
images

सजना तिमल्सिना, काठमाडौँ । पछिल्लो समय नेपालमा दैनिक कोरोना सङ्क्रमित थपिने तथा मृत्यु हुने दर बढ्दै गएको छ । साउन यता मात्रै सङ्क्रमण दर तीन गुणाले बढेको छ । यसलाई कतिपयले कोरोनाको चौथो लहरको जोखिमको रुपमा लिएका छन् । रामेछापका शान्तिमाया लामा पोलेको मकै बेच्दै हिँड्नुहुन्छ ।

images
images

यही पेशालाई चार जनाको परिवार पालिएको छ । तर, कोरोनाको सङ्क्रमण बढ्न थालेपछि उहाँलाई रोग सर्ने डरसँगै पहिले जस्तै बन्दाबन्दी हुने हो कि भन्ने चिन्ता छ । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना सङ्क्रमणदर तीन गुणाले बढेर झण्डै १३ प्रतिशतमा पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सङ्क्रमितसँगै मृत्युदर पनि बढ्दै गएको छ ।

सङ्क्रमणदर बढ्दै गएकाले आगामी साताहरू जोखिमपूर्ण हुने विज्ञहरू बताउँछन् । आगामी साता गुणात्मक ढङ्गले सङ्क्रमण बढ्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुमान गरेको छ । परीक्षण बढाएर सङ्क्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्नु पर्नेमा एकजना चिकित्सक डा. भोजराज अधिकारीको सुझाव छ । विज्ञहरूले कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको सङ्केत गरेपनि सरकारले भने त्यसो भनेको छैन ।

सङ्क्रमण र मृत्युदर बढ्दै गएको यो अवस्थामा सरकार भने सस्त गतिमा अघि बढेको देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले पहिले भएकै जनशक्ति र पूर्वाधारलाई थप सक्रिय बनाएर काम अघि बढेको बताउनुभयो ।

चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्कनेको बढ्दो सङ्ख्या र बजारमा किनमेल गर्नेको भीडसँगै सङ्क्रमण अझै बढ्ने विज्ञहरूको अनुमान छ । त्यसैले व्यक्ति स्वयमले पनि घरबाहिर निस्कँदा मास्क लगाउने, साबुन पानीले हात धुने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - ०९:५८:२६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology