आँबुखैरेनी । तनहुँ आँबुखैरेनी बजारमा रहेका ४ वटा लायन्स क्लवहरुको संयुक्त आयोजनामा भोली शनिबार आँबुखैरेनी बजारमा रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्त संचार केन्द्र चितवनको प्राविधिक सहयोगमा लायन्स क्लव अफ आँबुखैरेनी, आँबुखैरेनी सिटि, आँबुखैरेनी स्टार र आँबुखैरेनी अकलाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना हुने भएको हो।
कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। यस्तै कार्यक्रमको सह–आयोजनामा लियो क्लव अफ आँबुखैरेनी र आँबुखैरेनी सिटी रहेको छ।