Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

मुग्लिनका नेवार समुदायले पनि धुमधामका साथ गाईजात्रा मनाए

मुग्लिनका नेवार समुदायले पनि धुमधामका साथ गाईजात्रा मनाए

images

इच्छाकामना न्युज

२७, श्रावण २०७९
मुग्लिनका नेवार समुदायले पनि धुमधामका साथ गाईजात्रा मनाए
images

मुग्लिन । चितवनको इच्छाकामना ५ मुग्लिनका नेवार समुदायहरुले धुमधामकासाथ गाईजात्रा पर्व मनाएका छन् । यो वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै मुग्लिनमा गाईजात्रा पर्व मनाएका हुन् ।

मुग्लिनका नेवार समुदायले आफन्त गुमाएकाहरुले घरघरबाट गाई सिङ्गारेर जात्रा निकालेका छन् । परिवारका सदस्य सहित आफन्त छिमेकी सहित जात्रामा सहभागिता जनाएको थिए ।

नेवार गुठी समाज मुग्लिनको संयोजनमा भएको जात्रामा आफ्नो समाजमा आबद्ध मुग्लिनका छुट्टाछुट्टै २ मृतकको घरको मूलढोका अगाडि गाई बनाएर क्रियापुत्रद्वारा सङ्कल्प गराई विधि विधान अनुसार दुवै घरबाट लाखे नाच, घोडा नाच सहित बजार परिक्रमा गराएका थिए।

बजार परिक्रमाको क्रममा नेवार समुदायको घर घरबाट जात्रामा सहभागीलाई फलफूल, रोटी,कोक चिउरा बाडेका थिए। बजार परिक्रमा पश्चात गाईलाई विधि विधानअनुसार त्रिशुली नदीमा सेलाएका थिए।

यसरी बजार परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

‌‌‌विगत दुई वर्ष कोभिड महामारीका कारण मुग्लिनमा खासै रौनक थिएन । तर विगतको तुलनामा यो वर्ष गाईजात्रा रौनक बढेको हो । जात्रामा नेवार समुदाय मात्र नभएर सबै जातजाति सहभागी थिए।

 

images
प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - २२:३९:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology