Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणमा खेलाडी छनोटका लागि ‘ड्राफ्ट’ गरिने 

नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणमा खेलाडी छनोटका लागि ‘ड्राफ्ट’ गरिने 

images

इच्छाकामना न्युज

२६, श्रावण २०७९
नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणमा खेलाडी छनोटका लागि ‘ड्राफ्ट’ गरिने 
images

काठमाण्डौ । नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणमा खेलाडी छनोटका लागि ‘ड्राफ्ट’ गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने लिगमा खेलाडीको बारेमा टिमलाई पर्याप्त जानकारी नरहने भएकोले पहिलो संस्करणमा ड्राफ्टमार्फत खेलाडी छनोट गरिने भएको हो ।

खेलाडीको ड्राफ्ट आगामी महिनाको पहिलो सातामा गर्ने तयारी भइरहेको छ । एक टोलीमा जम्मा ११ जना नेपाली खेलाडी रहने छन् । टिम १६ जनाको बनाउनु पर्नेछ । हरेक टोलीले ५ जना विदेशी खेलाडी भित्र्याउन सक्नेछ।

पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुनेछ । क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०७९ बिहिवार - १८:५१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology