Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमण दर बढ्दै : एकैदिन ५ जनाको मृत्यु, ८ सय १५ नयाँ सङ्क्रमित 

नेपालमा कोरोना संक्रमण दर बढ्दै : एकैदिन ५ जनाको मृत्यु, ८ सय १५ नयाँ सङ्क्रमित 

इच्छाकामना न्युज

२६, श्रावण २०७९
नेपालमा कोरोना संक्रमण दर बढ्दै : एकैदिन ५ जनाको मृत्यु, ८ सय १५ नयाँ सङ्क्रमित 
images

काठमाण्डौ । नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन लागेदेखि दैनिक १ देखि ३ जनाको दरले कोरोनाका कारण मृत्यु हुने गरेकोमा गत २४ घन्टामा ५ जनाको मृत्यु भएको छ ।

images
images

मन्त्रालयका अनुसार खोप नलगाउने मानिसहरूमा पछिल्लो समय कोरोना सङ्क्रमणले जटिलता ल्याएको देखिएको छ । गत २४ घन्टामा ५ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ८२ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर ८ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ४ हजार ५ सय ३४ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार ४ सय ११ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ४ सय ६५ जना र २ हजार १ सय २३ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९२ हजार १ सय ४६ र एन्टिजेन विधिबाट १ लाख ४६ हजार २ सय ९९ जना सङ्क्रमित भएका छन् । गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ४ सय ७६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७४ हजार २ सय ९५ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०७९ बिहिवार - १८:०८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology