Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

विश्व आदिवासी दिवस

आज २८ औँ विश्व आदिवासी दिवस : चितवनमा पनि मनाईदै

आज २८ औँ विश्व आदिवासी दिवस : चितवनमा पनि मनाईदै

images

इच्छाकामना न्युज

२४, श्रावण २०७९
आज २८ औँ विश्व आदिवासी दिवस : चितवनमा पनि मनाईदै
images

चितवन । आज २८ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आदिवासीहरूको पहिचानसहितको अग्राधिकारका लागि गरेको आन्दोलनका उपलब्धि रक्षाका लागि जोड दिँदै यो दिवस मनाइँदैछ ।

विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना दिँदै समावेशिताको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ । उहाँले आदीवासी जनजाति नेपालको सबैभन्दा ठूलो समुदाय रहेको बताउँदै उक्त समुदायको विकास गरेर मात्रै समृद्धिको सपना यथार्थमा परिणत हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले संविधानले नै सामाजीक न्याय र समावेशिता सम्बन्धी व्यवस्था गरी आदिवासी जनजातीलाई समान अधिकार सुनिश्चित गरेको बताउँदै संविधानमा उल्लेखित हकअधिकारको प्रत्याभूति गर्न सरकार क्रियाशिल रहेको स्पष्ट पार्नुभयो ।

लोकतन्त्र प्राप्तिका लागि आदिवासी समुदायको योगदान महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारले त्यसको सधैँ कदर गर्ने पनि बताउनुभयो ।

यसैबिच चितवनमा पनि विविध कार्यक्रमको आयोजना गरि २८ औं विश्व आदिवासी जनजाति दिवस मनाईदैछ। दिवसको अवसरमा नेपाली आदिवासी जनजाति महासंघ चितवनले आज विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सभाहलमा साँस्कृतिक झाँकी सहितको भव्य कार्यक्रम आयोजना गरिदैछ । 

images
प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - ०९:१२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology