चितवन । आज देशका बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको हुँदा यी प्रदेशमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
सुदुर पश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राखि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। महाशाखाले देशभर मौसम बदली रहने तथा मेघ गर्जन÷चट्याङ्गसहितको वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।