Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चीनको सैन्य अभ्यासविरुद्ध ताइवानले पनि अभ्यास सुरु गर्ने 

चीनको सैन्य अभ्यासविरुद्ध ताइवानले पनि अभ्यास सुरु गर्ने 

images

इच्छाकामना न्युज

२४, श्रावण २०७९
चीनको सैन्य अभ्यासविरुद्ध ताइवानले पनि अभ्यास सुरु गर्ने 
images

चीनियाँ सेनाले ताइवान आसपास गरिरहेको सैन्य अभ्यासप्रति अमेरिकासहितका मुलुकले आपत्ति जनाएका छन् । गत ४ अगस्टदेखि चीनले लगातार ताइवानलाई लक्षित गरेर सैन्य अभ्यास गर्दै आएको चिनियाँ सरकारी सञ्चार माध्यम र ताइवानले बताएको छ । अमेरिकी संसदका सभामुख नैन्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले सैन्य अभ्यास सुरु गरेको हो ।

सैन्य अभ्यासको क्रममा कैयौँ पटक चिनियाँ लडाकू विमान आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानले आरोप लगाएको छ । चीनले गरिरहेको सैन्य अभ्यासप्रति जापान, अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकले आपत्ति जनाएका छन् ।

यसैबीच, चीनले ताइवानको क्षेत्र वरपर सैन्य अभ्यास गरेपछि ताइवानले पनि सैन्य अभ्यासको तयारी गरेको छ । आज र भोलि दुई दिन टापुको दक्षिणी क्षेत्रमा अभ्यास गरिने ताइवानले जनाएको छ । 

images
प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - ०८:५६:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology