मुस्ताङ । मुस्ताङमा विश्वकै सर्वाधिक उचाईको अल्टिच्युडमा गल्फ कोर्ष निर्माण भएको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाईको गल्फ कोर्ष ‘मुस्ताङ गल्फ कोर्ष’ निर्माण भएको हो ।
मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको रहेको छ । यसअघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्ष मानिँदै आएको छ । उक्त गल्फ कोर्ष ३ हजार ९ सय ७० मिटरको उचाईमा रहेको छ ।
नवनिर्मित गल्फ कोर्षमा आगामी भदौमा ‘टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना हुने बताइएको छ ।प्रतियोगिता भदौ ११ गते आयोजना हुनेछ । प्रतियोगितामा कुल २८ गल्फरले प्रतिस्पर्धा गर्ने छन् ।
जसमा ४ जना महिला गल्फर रहेका छन् ।स्टेबल फर्म्याट ३÷४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने छ ।