Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जालुमाया र चिज गुरुङको ‘बुढाबुढीको झगडा...’ ले बजार तताउदै

जालुमाया र चिज गुरुङको ‘बुढाबुढीको झगडा...’ ले बजार तताउदै

इच्छाकामना न्युज

२४, श्रावण २०७९
जालुमाया र चिज गुरुङको ‘बुढाबुढीको झगडा...’ ले बजार तताउदै
images

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

images
images

यसैविच हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै लोकप्रिय दोहोरी गायक चिज गुरुङ र जालुमाया गुरुङले केहि दिन अघि बुढाबुढिको झगडा...’ नामक तिज गित युट्युबमा सार्वजनिक गरेको थियो। 

बिशेष गरेर सारंगी संसार बाट आयको लाइभ दोहोरी “लण्ठु” बाट धेरै दर्शक अनि श्रोताहरुले चिन्दै आयका यो दुवै सांगीतिक जोडी चिज र जालु मायाको नया तिज गित “बुढा बुढीको झगडा” सार्बजनिक गरेको हो। 

गायिका जालुमाया गुरुङको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले अहिलेसम्म झण्डै साढे २ लाख हाराहारी भ्युज पाएको छ । 

उक्त गीतमा घरमा हुने श्रीमान् श्रीमतीको एक अर्कामा लगाइयको आरोप–प्रतिआरोप लाई समेटी गित संगै भिडियोमा चित्रण गरीयको छ। चिज गुरुङले लेखेको गीतको शब्दमा जालुमाया गुरुङले संगीत तयार पारेकी छिन् भने उनीहरुल दुवैजनाले गीतमा स्वर भरेका छन्।

म्युजिक भिडियोमा समेत दुवैजनाले बुढाबुढिको अभिनय गरेका छन् भने उनीहरुको अलावा आयुष गुरुङ, टेक बहादुर गुरुङ, हिम कुमारी गुरुङ, दिपसीका गुरुङ र सुदर्शन हमालले पनि अभिनय गरेका छन्। 

म्युजिक बैंकमा कृष्ण पुनले उक्त गीतलाई म्युजिक एरेन्ज गर्दै म्युजिक बैंकमै रेकर्ड गराई कृष्ण पुनले नै मिक्सिङ्ग गरेका छन्। 

भिडियो

images
प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - ०८:४७:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology