Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

संघ र प्रदेश निर्वाचन

संघ र प्रदेश निर्वाचनको तालिका यस्तो बन्यो, उम्मेद्वारी दर्ता असोज २३ मै

संघ र प्रदेश निर्वाचनको तालिका यस्तो बन्यो, उम्मेद्वारी दर्ता असोज २३ मै

images

इच्छाकामना न्युज

२४, श्रावण २०७९
संघ र प्रदेश निर्वाचनको तालिका यस्तो बन्यो,  उम्मेद्वारी दर्ता असोज २३ मै
images

काठमाडौँ । सरकारले निर्वाचनको मिति घोषणा गरेसंगै निर्वाचन आयोगले तयारीलाई तिव्रता दिएको छ । सोही अनुरुप आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको कार्यतालिका समेत तयार पारेको छ । सो कार्यतालिकालाई आइतबार नै आयोगले स्वीकृत गरि सकेको जनाएको छ ।

आगामी निर्वाचन मंसिर ४ गते हुँदै छ । आयोगले डेढ महिना अगावैदेखि काम सुरु गर्नेगरि तालिका बनाएको छ । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले सो तालिका भदौ २५ गते लेखी पठाउने तयारी भइरहेको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ । असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ ।

प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् । असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।

आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - ०८:२८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology