Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

एकाबिहानै कुरिनटार स्थित धारापानीबाट त्रिशुलीमा ट्रक खस्यो, ३ जना घाईते

एकाबिहानै कुरिनटार स्थित धारापानीबाट त्रिशुलीमा ट्रक खस्यो, ३ जना घाईते

इच्छाकामना न्युज

१७, आश्विन २०७७
एकाबिहानै कुरिनटार स्थित धारापानीबाट त्रिशुलीमा ट्रक खस्यो, ३ जना घाईते
images

चितवन, १७ असोज 
चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटार स्थित धारापानी नजिकैबाट आज एका बिहानै त्रिशुली नदीमा ट्रक खसेको छ। भैरहवाबाट काठमाण्डौ जादै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग त्रिशुली नदी किनारमा डुवेको अवस्था छ।
दुर्घटनामा परी घाइेत भएका ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाँउ बस्ने वर्ष १९ का राम कुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिएका छन्।
विहान ५ बजे भएको दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय मुग्लिन र विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको सशस्त्र टोलीले घाइतेको तत्काल उद्वार गरी उपचारको लागि गजुरी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

images
images

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - ०८:३६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology