Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

हर्क साम्पाङ जस्तो सिर्जनात्मक हुनुपर्छ, अब जनताले गफलाई मात्रै पत्याउँदैन : पत्रकार तथा लेखक अरुण बराल

हर्क साम्पाङ जस्तो सिर्जनात्मक हुनुपर्छ, अब जनताले गफलाई मात्रै पत्याउँदैन : पत्रकार तथा लेखक अरुण बराल

images

इच्छाकामना न्युज

२३, श्रावण २०७९
हर्क साम्पाङ जस्तो सिर्जनात्मक हुनुपर्छ, अब जनताले गफलाई मात्रै पत्याउँदैन : पत्रकार तथा लेखक अरुण बराल
images

काठमाडौं । पत्रकार तथा लेखक अरुण बरालले अब जनताले नेताहरुको गफलाई मात्रै नपत्याउने, धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ जस्तो सादगी, सिर्जनात्मक हुनुपर्ने बताएका छन् ।  काठमाडौंमा सोमबार नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) र आदिवासी जनजाति महासंघ (नेफिन)द्वारा आयोजित ‘आदिवासी जनजाति आन्दोलनः समिक्षा र अबको कार्यदिशा’ अन्तरक्रियामा बोल्दै पत्रकार बरालले यस्तो बताएका हुन् ।

उनले आदिवासी जनजातीहरुको आन्दोलन पार्टी, विचारधारा स्वरुप गाउँतिर नभई सहरतिर केन्द्रित र गरिब वर्गप्रति लक्षित नहुनाले अगाडी नबढेको बताए । हर्क साम्पाङले चलाएको श्रम संस्कृतिको अभियान आदिवासी कल्चर रहेको भन्दै उनले आदिवासी जनजातीहरुले अधिकार, पहिचान खोजेको तर पार्टी संगठनमा आवद्ध नेतृत्वमा सन्देश दिनेखालका विचारधारा नै नभएको उल्लेख गरे । ‘आदिवासी जनजातीले (आइएलओ-१६९) अन्तर्गत पहिचान, अधिकार खोजेको छ । परम्पारगत ज्ञानलाई विकास गर्नुपर्यो, विदेशी शक्तिहरुबाट मुक्ति खोजेको त भन्यौं । तर, हामीले विचारधारा कस्तो खालको हुनुपर्ने भन्ने ख्याल गरेनौँ’, उनले भने, ‘हर्क साम्पाङले पानीको लागि श्रमदान गर्नु भएको छ नि त्यो श्रमदान गर्ने कल्चर त आदिवासी जनजातीको कल्चर हो नि । हामीले आदिवासी जनजातीको कल्चरमा काम गर्यौँ भने यस्तो हुँदो रहेछ हौ बाहुन् बाजेहरु ! भन्यो भने त्यो एउटा सन्देश हुन्छ । कसले विरोध गर्छ त्यो कुरालाई ?’

उनले आदिवासी जनजातीहरुको परम्परागत ज्ञान, सिप, संस्कृति जस्ता सम्पत्ति, स्थानीय विचारधारा भए पनि सबै अटाउने, सन्देश दिने खालको विचारधारा बनाउने सन्देश दिन नखोजेको पनि बताए । ‘आदिवासीहरुसँग स्थानीय विचारधारहरु छन् । राजनीतिक विचारधाराहरु छन् । ती चिजलाई पार्टीको कल्चर अनुसार विकास गर्नु सक्नु भएन । पारा उस्तै छ । कांग्रेसले भेट्यो भने पनि खाईदिने, अर्कोले भेट्यो भने खाईदिने । हर्क र बालेनले जस्तो गर्नुपर्यो नि ! अपील गर्नु पर्यो नि, नेता जन्मिुन पर्यो नि सादगी हुनु पर्यो त्यो खालको’, उनले भने ।

आदिवासी जनजातीको पनि वर्ग रहेको भन्दै उनले अब आदिवासी जनजातीहरुले आन्दोलनको स्वरुप गरिब वर्गको लागि केन्द्रित हुनुपर्ने बताए । आन्दोलनमा आउने र जाग्ने भनेको गरिब वर्ग हो । उनीहरुको उत्थान हुने खालका आन्दोलन केन्द्रित हुनुपर्ने उनको भनाई छ । ‘आदिवासीहरुको आन्दोलन ‘मुभमेन्ट’ गाउँतिर फर्किएको देखिएको छैन । सहरतिर बेलायततिर फर्केको देखिएको छ । त्यसलाई गाउँ फर्काउनुपर्छ । उनीहरुको दैनिक जीवनमा परिवर्तन ल्याउने दिशातिर जानुपर्छ ।’

उनले ठूला र पुराना राजनीतिक दलहरुलाई दबाब नपुगेको भन्दै सिर्जनात्मक हुनुपर्ने बताए । ‘हर्क साम्पाङले जस्तो सिर्जनात्मक हुनुपर्छ । गफलाई मात्रै अब जनता कसैलाई पनि पत्याउने वाला छैनन् । पार्टी बनाउनुपर्यो । त्यो पार्टीले गरिबको एजेण्डा बोकेको हुनुपर्ने होला । त्यो पार्टीले पहिचानको मुद्धा समात्नुपर्ने होला र त्यो पार्टीले जनताको विश्वास पनि जित्नुपर्ने होला नि त ? त्यो भएन त्यसकारण आदिवासीहरुको आन्दोलन खचमचियो’, उनले भने ।

उनले पहिचान मनपर्ने तर, पहिचानको आन्दोलन जातीय फ्लेबरमा गएको बताए । ‘किन भने नेवारको पर्व-जात्रा भन्यो भने कुनै पनि बाहुनलाई ईरिटेशन हुँदैन आनन्द मान्छ । ओहो कति राम्रो पाटन दरबार ! भन्छ हेर्छ । लिम्बुको धान नाच पनि हामी अलि-अलि नाचेकै हो । जति पनि हाम्रो बहुजातीय समाजमा सांस्कृति चिजहरु आ-आफ्ना जातीय समुदायका पहिचानहरु छन् । ती पहिचान विन्नताको रुपमा भन्दा पनि त्यसलाई सुन्दरता र सुखको रुपमा ग्रहण गर्ने कुरा हो । मलाई पहिचान मनपर्छ । तर, हामीले पहिचानको कुरालाई अलिक जातीय फ्लेबर दिन थाल्यौँ कि ? म त तर्सिन्न मलाई त्यस्तो लाग्दैन । तर, धेरै क्षेत्री बाहुनहरमा एक खालको भय-त्रास छ त्यो त्रासलाई कम गराउँदै गईयो भने यो सबैको लागि स्वीकार्य हुन्छ भन्ने लाग्छ’, उनले भने, ‘पहिचानको नाममा काठमाडौं, ताप्लेजुङ लगायत धेरै ठाउँमा स्थानीय तहको नाम पनि पहिचान आधारित नै छ । हामीलाई कुनै समस्या नै छैन । तर, अहिले पहिचानमा आधारित नाम राख्नु खोज्दा त्यति तर्सिनुपर्ने थिएन । हामीले कतै पहिचान सबैको हो भनेर बुझाउन पो सकेनौँ कि ?’

उनले आदिवासी जनजातीहरुको आन्दोलन बलियो बनाउनको लागि क्षेत्रीय पार्टी दबाब दिन सक्ने बलियो बनाउनुपर्ने बताए । ‘सबैको पहिचानलाई सम्मान गर्ने । र हिजोको बनारसी एक जातीय चिन्तनबाट मुक्त, समानतामा आधारित, सिमान्तकृत समादुयप्रति आधारित, गरिबप्रती मरिहत्ते गर्ने हर्क साम्पाङ जस्तै के !’ उनले भने, ‘त्यस्तो खालको क्षेत्रीय शक्ति बनायो भने भोलि त्यो मूख्यमन्त्री मात्रै हुँदैन होला नि ! भोली तपाईहरुले त्यो क्षेत्रीय शक्तिको मोर्चा पनि बनाउन सक्नु सक्नुहुनेछ।’

images
प्रकाशित मिति :श्रावण २३, २०७९ सोमवार - २१:२९:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology