आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका मातहतको आँबुखैरेनी वाङमय परिषद्को वार्षिक कार्यतालिका स्वीकृत भएको छ । परिषद्का अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा बिहिबार बसेको बैठकले प्रस्तावित गरेको परिषद्को आर्थिक वर्ष २०७९।०८० को वार्षिक कार्यतिालिका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले सिफारिस गरि अध्यक्ष शुक्र चुमानले हस्ताक्षर गरेपछि स्वीकृत भएको हो।
परिषद्को प्रस्तावित कार्यक्रममा काव्योत्सव अन्तर्गत आँधिमुल शरदकालिन काव्योत्सव र छिम्केश्वरी पर्यटन साहित्य उत्सव रहेको छ भने प्रशिक्षण लेखन कार्यशाला अन्तर्गत आँबुखैरेनी गाउँपालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरुका लागि चित्रकला प्रशिक्षण र कथा लेखन कार्यशाला गोष्ठीका साथै आँबुखैरेनीका लेखकहरुका लागि कविता प्रशिक्षण कार्यक्रम रहेको छ।
यस्तै इतिहास लेखन अन्र्तगत आँबुखैरेनीका जातजाति, भाषा, साहित्य, कला र संस्कृति सम्बन्धि खोज अनुसन्धान तथा कृतिको प्रकाशन गीतसंगीत प्रवद्र्धनतर्फ समग्र आँबुखैरेनीको पहिचान झल्कने गरि गीत रेकर्डिङ गर्ने लगाएतका रहेका छन्।