Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नागढुङ्गा–नौबिसे सुरुङमार्ग

नागढुङ्गा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६० प्रतिशत सकियो 

नागढुङ्गा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६० प्रतिशत सकियो 

images

सिआईएन

२३, श्रावण २०७९
नागढुङ्गा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६० प्रतिशत सकियो 
images

काठमाण्डौ । नागढुङ्गा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम ६० प्रतिशत सकिएको छ । आयोजनाको काम सुरु भएको करिब २ वर्ष ८ महिनामा करिब ६० प्रतिशत काम सकिएको हो ।

हालसम्म आयोजनाको सम्पूर्ण भौतिक प्रगति भने ४१ प्रतिशत मात्र सकिएको छ । नेपालमै पहिलो पटक निर्माण भइरहेको यो आधुनिक सडक सुरुङमार्ग २ दशमलव७ किलोमिटरको हुने छ । हालसम्म इभ्याकुएसन टनेल अर्थात आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरी बनाइने सुरुङ र मुख्य सुरुङको ३२ सय ७६ मिटर खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार अहिले टनेलको भित्रका कामलाई मुख्य प्राथमिकता दिएर काम अघि बढाइएको छ । आयोजनाका अनुसार आगामी साउनभित्र यस मूख्य सुरुङमार्गमा सवारी सञ्चालन गर्न मिल्ने गरि निर्माण कार्यलाई तिब्रता दिइएको आयोजना प्रमुख नरेशमान शाक्यले सीआईएनसँग बताउनुभयो ।

जापान सरकारको करिब १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब गरी २२ अर्ब रुपैयाँमा लागत रहने अनुमानसहित यो सुरुङमार्ग निर्माण भइरहेको हो । निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले पाएको छ । सुरुङमार्ग निर्माणमा जापानी प्राविधिकसँगै नेपाली पनि खटिएका छन् । 

images
प्रकाशित मिति :श्रावण २३, २०७९ सोमवार - ०९:३४:३० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology