Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ताइवान र चीनबीच बढ्दो तनावलाई लिएर जापान सरकारद्वारा चिन्ता व्यक्त 

ताइवान र चीनबीच बढ्दो तनावलाई लिएर जापान सरकारद्वारा चिन्ता व्यक्त 

images

एजेन्सी

२३, श्रावण २०७९
ताइवान र चीनबीच बढ्दो तनावलाई लिएर जापान सरकारद्वारा चिन्ता व्यक्त 
images

ताइवान । ताइवान र चीनबीच बढ्दो तनावलाई लिएर जापान सरकारले चिन्ता व्यक्त गरेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले ताइवान नजिकै चीनले गरिरहेको सैन्य अभ्यासको निन्दा गर्दै यो ठूलो समस्या भएको बताउनुभएको छ । प्रधानमन्त्री किशिदाले चीनको आक्रामक व्यवहार जापानको क्षेत्रीय शान्ति र सुरक्षाका लागि पनि खतरा भएको बताउनुभयो ।

अमेरिकाको संसदका सभामुख नैन्सी पेलोसीको ताइवान भ्रमणको क्रमदेखि नै चीनले ताइवानलाई घेराबन्दी गरेर सैन्य अभ्यास सुरु गरेको छ । हालसम्म चीनले विभिन्न ब्यालेस्टिक मिसाइलले पनि आक्रमण गरिसकेको छ । जसमध्ये ५ मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा पनि खसेको छ । चीनको यो अभ्यास तत्काल रोक्न जापानी प्रधानमन्त्री किशिदाले माग गर्नुभएको हो । 

images
प्रकाशित मिति :श्रावण २३, २०७९ सोमवार - ०९:११:०० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology