Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ताइवानको सीमा क्षेत्रमा चीनले फेरि ग¥यो मिसाइल आक्रमण 

ताइवानको सीमा क्षेत्रमा चीनले फेरि ग¥यो मिसाइल आक्रमण 

images

एजेन्सी

२२, श्रावण २०७९
ताइवानको सीमा क्षेत्रमा चीनले फेरि ग¥यो मिसाइल आक्रमण 
images

चीन । चीनले फेरि ताइवानको सीमा क्षेत्रमा सैन्य अभ्यास र मिसाइल आक्रमण गरेको छ । ताइवानको रक्षा मन्त्रालयले चीनले समुद्र र हावामा सैन्य अभ्यासकोक्रममा ताइवान आसपास कैयौं ब्यालेस्टिक मिसाइल आक्रमण गरेको दावी गरेको छ ।

चीनले गरिरहेको सैन्य अभ्यास विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्गमध्येको एक भागमा भइरहेको छ । जसका कराण विभिन्न भागमा आवतजावत गर्ने जहाजहरू प्रभावित बनेका छन् ।

चीनले युद्ध विमान र युद्धपोतसहित हिजो ताइवानमाथि आक्रमणको अभ्यास गरेको पनि ताइवानले आरोप लगाएको समाचार संस्था रोयटर्सले लेखेको छ ।

अमेरिकाको माथिल्लो सदनका सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेदेखि चीनले ताइवान आसपासमा सैन्य अभ्यास सुरु गरेको हो ।

images
प्रकाशित मिति :श्रावण २२, २०७९ आइतवार - ०९:३१:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology